+

त्रिवि क्रिकेट मैदानमा फर्किएको अन्तर्राष्ट्रिय महिला क्रिकेट (तस्वीरहरू)

२०८१ माघ  १७ गते १७:२९ २०८१ माघ १७ गते १७:२९
त्रिवि क्रिकेट मैदानमा फर्किएको अन्तर्राष्ट्रिय महिला क्रिकेट (तस्वीरहरू)

१७ माघ, काठमाडौं । बिहीबारदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई सिरिज काठमाडौंमा सुरू भएको छ ।

नेपालमा साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला क्रिकेट फर्किएको हो । पछिल्लोपटक सन् २०२२ को मे महिनामा युगाण्डा र नेपालको बीचमा कीर्तिपुरमा सिरिज भएको थियो ।

त्यसयता नेपालमा पहिलोपटक महिला टी-२०आई खेल भएको हो । बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भयो ।

माघ २६ गतेसम्म हुने यो सिरिजमा सबै टोलीले एकअर्कासँग ३-३ खेलहरू खेल्ने छन् । नेपालले दोस्रो खेलमा शनिबार थाइल्याण्डसँग खेल्ने छ ।

तस्वीरहरू :

 

 

महिला टी२० श्रृंखला

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय