+
+

हमासले मुक्त गर्‍यो ३ इजरायली र ५ थाइ नागरिक

११० जना प्यालेस्टाइनी छाड्ने इजरायलको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १८:४२

१७ माघ, काठमाडौं। हमासले बन्धक बनाइएका ३ इजराइली र ५ थाइ नागरिकसहित ८ जनालाई मुक्त गरेको छ ।

बन्धक बनाइएका उनीहरूलाई इजरायलको क्षेत्रभित्र ल्याएर मुक्त गरेको इजरायली सेनाले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

अलजजिराका अनुसार इजराइली नागरिकहरू २९ वर्षीया अर्वेल यहुद र ८० वर्षीय गादी मोसे मोजेस रहेका छन् ।

Israeli captive Arbel Yehud is released to the Red Cross in Khan Younis, Gaza on January 30, 2025. [Moiz Salhi/Anadolu]

यस्तै ५ जना थाइ मजदुरहरूलाई पनि हमासले मुक्त गरेको छ । थाइ नागरिकहरू भने दक्षिण इजरायलमा मजदुरी गरिरहेका बेला हमासको फन्दामा परेका थिए ।

अर्बेललाई हमासले गाँजा क्षेत्रबाट रेडक्रसको जिम्मा लगाइएको एशोसिएट प्रेसले जनाएको छ ।

Israeli captive Arbel Yehud is released to the Red Cross in Khan Younis, Gaza on January 30, 2025. [Moiz Salhi/Anadolu]

एपीका अनुसार हमासले इजरायली नागरिकलाई रिहा गरेपछि इजरायलको जेलमा रहेका ११० जना प्यालेस्टाइनी नागरिकलाई छाड्‍ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?