+

दीप नायक बनेपछि सभापति कप फुटबलको उपाधि संकटाले जित्यो

२०८१ माघ  १७ गते २१:१४ २०८१ माघ १७ गते २१:१४
दीप नायक बनेपछि सभापति कप फुटबलको उपाधि संकटाले जित्यो

१७ माघ, काठमाडौँ। संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । गोलकिपर दीप कार्कीले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गरपछि आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटाले उपाधि जितेको हाे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४-३ ले पराजित गर्‍यो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

आयोजक टिमका गोलकिपर विशेक कुथुले संकटाको सुरुवाती दुई पेनाल्टी प्रहार बचाउँदै सानदार सुरुवात दिलाएका थिए । तर खेलले नाटकीय मोड लिँदा नतिजा संकटाको पक्षमा गयो ।
संकटाका लागि लक्षु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे ।

संकटाका गोलकिपर दीप कार्कीले बागमतीका कुलदीप कार्की र गाैरव श्रेष्ठको प्रहार बचाएका थिए । बागमतीका रजत तिवारीको प्रहार पोष्टभन्दा बाहिर गयो ।

त्यसअघि निर्धारित समयमा दुवै टोलीले गोलका लागि अवसर बनाउन सकेनन् । दुवै टोली फिनिसिङ थर्डमा चुकेको थियो ।

प्रतियोगिताको विजेताले नगद २६ लाख हात पार्नेछन् । उपविजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ ।

सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय