+
+

अध्यादेश लागू भइसक्यो, विधेयक फिर्ताबारे छलफल गर्दै संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते २०:४०

१७ माघ, काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ताबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले शुक्रबार बिहान ११ बजे विधेयक फिर्ता सम्बन्धी छलफल राखेको छ । जबकी यशी शीर्षकको अध्यादेश गत २९ पुसमा नै जारी भएर लागू भइसकेको छ ।

समिति सचिवालयका अनुसार सम्बन्धित मन्त्रीले विधेयक फिर्ता लिने निर्णय भएकाले अनुमोदनका लागि समिति समक्ष प्रस्ताव राख्नेछन् । त्यसलाई समितिले एजेण्डाको रूपमा प्रस्तुत गरेर निर्णय लिनुपर्छ ।

समितिले फिर्ताका लागि अनुमति दिने निर्णय गरेपछि विधेयक औपचारिक रूपमा फिर्ताको प्रक्रियामा जान्छ । तर, सरकारले यसअघि नै अध्यादेश ल्याएर लागू गरिसकेको छ । यो प्रक्रिया नमिलेको भनेर विपक्षी दलहरूले समेत प्रश्न उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?