
१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो । यसअघि सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले आफ्नो नलिम्बन फुकुवाको माग गरेका थिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि रास्वपाले सो विषय उठाएको थियो । उक्त विषयबारे ध्यानाकर्षण गर्दै सभामुख घिमिरेले निरन्तर संसद् अवरोध नगर्न आग्रह गरिरहेका छन् ।
तर, रास्वपा सांसदहरूले बैठक अवरोध गरिरहेका छन् । उनीहरूले बैठकको सुरुमै आफूहरूले धारणा राख्नुपर्ने माग राखिरहेका छन् ।
‘आज हामीले दलीय आधारमा समय निर्धारण गरेर दलको प्रतिनिधिको हिसाबमा विचार राख्ने कार्यसूची बनाएका छौं,’ सभामुख घिमिरेले भने, ‘सोही कार्यसूचीलाई मानिदिनुहुन अनुरोध गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4