+
+

एनसेल र क्यानबीच ‘महिला टी-२० आई त्रिकोणात्मक सिरिज’ का लागि सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १५:०७

काठमाडौं । एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’ का लागि नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेको छ ।

यो सम्झौताले नेपाली क्रिकेटप्रेमीलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यो सिरिज अन्तर्गतको खेल बिहीबार (१७ माघ) देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ ।

नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको जनाएको छ ।

सिरिजमा सहभागी टिमहरू नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्डले एकअर्कासँग तीन पटकसम्म प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता २५ माघसम्म सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?