+
+

रास्वपाको टिप्पणी– घरको ढोका खोलेर पिँढीमा बसालेको भान भयो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १९:५०

१८ माघ, काठमाडौं । रास्वपाले ढोका खोलेर पिँढीमा बस भनेजस्तो  भान भएको टिप्पणी गरेको छ ।  दलगत धारणा राख्ने क्रममा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले संसद सुचारु हुनु जनताको घरको ढोका खुल्नु सरह भएको बताए ।

लामो समय संसद अधिवेशन आह्वान नगरेको सरकारतर्फ लक्षित गर्दै उनले घरमा ताल्चा लगाएर बाहिर बरालिएको टिप्पणी समेत गरे । तर संसद अधिवेशन सुरु भएकोलाई आफूहरुले स्वागत गरेको उनले बताए । ‘घरमा ताल्चा लगाएर बाहिर बरालिएको प्राय हामी नेपालीहरु रुचाउँदैनौं’ वाग्लेले भने, ‘त्यसैले पनि यो सदन सुचारु हुनु जनताको घरको ढोका खुल्नुलाई राष्ट्रिय स्वतन्त्र पार्टीले स्वागत गरेको छ ।’

‘संसद जनताको आफ्नो घर’ र ‘सम्वाद र सहमतिको आश्रय’ पनि भएको बताउँदै उनले संसद बहिष्कार गर्नुको कारण खुलाए, ‘ढोका त खुल्यो तर पिँढीमा आएर मात्र बस भनेजस्तो अलिकति हामीलाई भान भयो ।’

संसदको हिउँदे अधिवेशनको पहिलो बैठकको सुरुमै रास्वपा सांसदहरुले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?