+
+

२८ वर्षपछि हङकङमा गुञ्जियो ‘हङकङ पोखरा’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १६:२५

काठमाडौं । विश्व टूरमा निस्किएको लोकपप ब्याण्ड कन्दरा हङकङमा गुञ्जिएको छ । बेलायत, कतार र युएईपछि ब्याण्ड नेपालीको बाक्लो बसोबास रहेको थलोमा ब्याण्डले प्रस्तुति दिएको हो ।

६ हजार दर्शकको उपस्थितीमा ब्याण्डले विहिबार बेलुका ताइ तोङ अर्गानिक इको पार्कमा प्रस्तुति दिएको हो । २८ वर्षपछि ब्याण्डले हङकङमा प्रस्तुति दिएको हो । ९० को दशकको लोकप्रिय ब्याण्डले आफ्ना हिट गीतमा प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिएको थियो ।

‘ओहो कस्तो रात । हङकङको प्रस्तुति अविष्मरणीय संगीत यात्राको साक्षी बनेर उभियो’ कन्सर्टपछि ब्याण्डले लेखेको छ, ‘उपस्थित भीड बिजुलीजस्तै गतिवान र ऊर्जाशिल थियो । रोक्न नसकिने भीड । नेपाली संगीतको लागि बेजोड माया थियो ।’

ब्याण्डले लेखेको छ, ‘२८ वर्षपछि हङकङ फर्किंदा घर फर्किएजस्तै महसुस भयो । पुरानो याद, जोश सम्झाउने ब्यान्ड र दर्शक बीचको आत्मीय म्बन्धले भरिएको थियो । यो केवल एक कन्सर्ट भन्दा बढी थियो । यो संगीत, संस्कृति र एकताको उत्सव थियो ।’

लालीगुराँस एसोसिएसन (एलजी)ले कन्दराको हङकङ कन्सर्ट ब्यवस्थापन गरेको हो । अब यो लोकप्रिय ब्याण्ड इलाममा १६ फागुनमा गुञ्जिनेछ । यहीबीचमा पोखरामा पनि प्रस्तुति दिने तय छ । पोखरामा ९० को दशकका चर्चित ब्याण्डले एउटै स्टेजमा प्रस्तुति दिने कार्यक्रम हुनेछ ।

मार्च र अप्रिलमा अस्ट्रेलियाका ८ सहरमा ब्याण्डले प्रस्तुति दिनेछ । जसमा मार्च ८ मा होबर्ट, मोलबर्नमा मार्च १५, क्यानबेरामा मार्च २२, एडिलेडमा अप्रिल १२ मा गुञ्जिनेछ । मार्चभित्रै सिड्नी र अप्र्रिलमा पर्थमा हुने कन्सर्टको मिति तय हुन बाँकी छ । यही बीचमा न्यूजिल्याण्डमा कन्सर्ट हुनेछ ।

‘पहिला घरदेश अनि परदेश’सहित ब्याण्ड टूरमा ब्यस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?