+
+

सुनसहित विमानस्थलबाट अष्ट्रेलियन नागरिकसहित २ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १६:३९

१८ माघ, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट अवैध सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अष्ट्रेलियन नागरिक ३९ वर्षीय चन्द्र कुमार पराजुली र पर्वत मोदी गाउँपालिका–७ घर भएका ४० वर्षीय प्रमोद शर्मा रहेका छन् ।

११ ग्राम ६ सय ६० मिलिग्राम सुनसहित प्रहरीले उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

मलेसियन एयरलाइन्सको उडानबाट काठमाडौं आएका चन्द्र कुमारबाट प्रमोदले विमानस्थलको आगमन अध्यागमन क्षेत्रको शौचालय भित्रबाट उक्त सुन संकलन गर्न लागेका थिए ।

औंठीको रुपमा आएको उक्त सुन भन्सार टली गरेर लैजान लागेको थाहा पाएपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?