+
+

सामाजिक सञ्जालसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न ल्याइएको होइन : बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १८:५८

१८ माघ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न नभइ प्रभावकारी नियमनका लागि भएको जिकिर गरेका छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सञ्चारमाध्यमहरूले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानुन ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा नमिलेको समेत बताए ।

‘नियन्त्रणका लागि होइन, प्रभावकारी नियमनका लागि कानुनी प्रबन्धहरू जरुरी छ । त्यसका लागि सरकारले काम गर्दछ,’ उनले भने ।

सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी नभइ नियमन गर्न र अनुशासनको दायरामा राख्न विधेयक ल्याएको बर्तौलाले बताए ।

‘मिडियाको वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानुन ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा मिलेको छैन,’ बर्तौलाले भने, ‘सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी होइन, नियमन गर्न, अनुशासनको दायरामा राख्नको लागि यि विधेयकहरू ल्याएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?