+

घनश्याम एनकेएलका उत्कृष्ट रेईडर घोषित

२०८१ माघ  १८ गते २१:१३ २०८१ माघ १८ गते २१:१३
घनश्याम एनकेएलका उत्कृष्ट रेईडर घोषित

१८ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को उत्कृष्ट रेईडर उपविजेता टोली काठमान्डु माभरिक्सका कप्तान घनश्याम रोका मगर घोषित भएका छन् ।

भारतको प्रो कबड्डी लिग च्याम्पियन टोली हरियाणाबाट खेलेका घनश्यामको उत्कृष्ट प्रदर्शनमा काठमान्डु फाइनलसम्म पुगेको थियो ।

त्यस्तै उत्कृष्ट डिफेन्डरमा विजेता टोली जनकपुर नाइट्सका विदेशी खेलाडी तानोङ्गसाक शिहेरा घोषित भए । दुवै उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

शुक्रबार भएको रोमाञ्चक फाइनलमा जनकपुरले काठमान्डुलाई ४५-४१ ले हराएर उपाधि जितेको थियो । अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा जनकपुरले अन्तिम मिनेटमा शानदार पुनरागन गरेको थियो ।

पहिलो हाफमा २५-१९ ले पछि परेको काठमान्डुले दोस्रो हाफमा पुनरागमन गर्दै २२-२० को अग्रता बनाएपनि जितसम्म पुग्न सकेन । एक समय काठमान्डुले पुनरागमन गर्दै ३४-३४ को बराबरी गरेको थियो ।

त्यसपछि ४१-३७ को अग्रता बनाउँदै जित नजिक पुगेपनि काठमान्डुले अग्रतालाई होल्ड गर्न सकेन । जनकपुरले प्रतियोगिताभर अपराजित लयलाई कायम राख्दै फाइनलमा पनि निरन्तरता दिएर उपाधि जित्न सफल भएको हो । काठमान्डुका मार्की तथा कप्तान घनश्याम रोकामगरलाई रोक्ने रणनितिमा जनकपुर सफल भयो ।

उपाधि विजेता जनकपुरले ५ लाख नगद प्राप्त गरेको छ भने उपविजेता काठमान्डुले २ लाख प्राप्त गरेको छ ।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय