+
+

नयाँ पुस्तामा कुर्न सक्ने क्षमता कम छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको पुस्तामा कुर्न सक्ने क्षमता कम भएको र यस विषयमा देशका अग्रज र सचेत नागरिक वर्गले सोच्नु पर्नेमा जोड दिएकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते २१:२२

१८ माघ, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने खालेको भएको बताएकी छिन् ।

शुक्रबार धरानमा नेकपा एमालेका नेताहरूसँगको भेट कार्यक्रममा बोल्दै भण्डारीले अहिलेको पुस्तामा कुर्न सक्ने क्षमता कम भएको बताइन्। यस विषयमा देशका अग्रज र सचेत नागरिक वर्गले सोच्नु पर्नेमा भण्डारीले जोड दिइन् ।

उनले भनिन्, ‘अहिलेको नयाँ पुस्ता अत्यन्त तीव्र गतिमा हिँड्न चाहन्छ, हामी जुन पर्खिने धर्यता राख्थ्यौ, अहिलेको पुस्तामा त्यो खालको धर्यता छैन’, ।

राजनीतिक दलका जिम्मेवार नेताहरूलाई देशको स्थितिको बारेमा राम्रै छलफल गर्न उनले अपिल गरिन् । नेपाल जस्तो भौगोलिक अवस्थितिमा छ, त्यस हिसाबले नेपाली अति गौरवशाली र भाग्यमानी भएका उनले बताइन् ।

‘एकातिर ठूलो विकसित देश चीन छ, अर्कोतिर छिमेकी मित्रराष्ट्र भारत छ, दुवै देशले धेरै विकास गरेका छन्, यसबाट नेपालले लाभ लिनु पर्छ’, उनले भनिन् ।

सामान्य मात्रै होइन विज्ञान र प्रविधिमा दुवै देशले फड्को मारेका उनले बताइन् । त्यहीबाट आएका दैनिक उपभोग्य सामानबाट नेपालले सेवा लिएर नेपालीले गुजारा गरिरहेको स्थिति रहेको भण्डारीले सुनाइन् ।

उनले नेपालीको स्वदेशमा काम गर्ने बानी नै छुटेको बताइन् ।’देशमा बिस्तारै बेरोजगारी बढी रोजगारीको खोजीमा युवा विदेश पलायन भएको छ। ती विकसित देशको विकासबाट नेपालीले लाभ लिनै नसकेका छैनन् ।’ उनले भनिन् ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, कवयित्री कुन्ता शर्मा लगायतका नेताहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?