+
+

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, चालक गम्भीर

मोटरसाइकल सडकबीचको पेटीमा ठोक्किंएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते ७:५२

१८ माघ, काठमाडौं । नवलपरासी पश्चिमको सरावल गाउँपालिका-१ सालबासस्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

प्रदेश नं. ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबीचको पेटीमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा निवासी २८ वर्षीय कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट लिखु-३ बस्ने २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका उनको लुम्बिनी सिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?