+
+

क्यान्सरपीडित कलाकार थापालाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते ८:२४

काठमाडौं । चलचित्र विकास बोर्डले क्यान्सरपीडित कलाकार राजन थापालाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । एकवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थापालाई उपचारार्थ आर्थिक अभाव भएपछि बोर्डले सघाएको हो ।

चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डीसीले चेक प्रदान गरे । कोषको संयोजकमा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल छिन् ।

२०३९ सालदेखि कलाकारिता थालेका थापाले कथानक र टेलिभिजन फिल्ममा अभिनय गरेका छन् । उनले ‘६ एकान ६’, दुश्मन, इकु, कंगाल, सम्पत्ति लगायत कथानक फिल्ममा अभिनय गरेका छन् ।

‘अविरल बग्दछ इन्द्रावती, रहरै भो, श्रीमान श्रीमती, तीतोसत्य, चक्कर, भुईँचालो, सञ्चय लगायतका टिभी सिरिजका लागि पनि उनी परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?