+

महिला टी-२०आई शृंखला : थाइल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

२०८१ माघ  १९ गते ११:५१ २०८१ माघ १९ गते ११:५१
महिला टी-२०आई शृंखला : थाइल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

१९ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको दोस्रो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले पहिलो खेलबाट एक परिवर्तन गरेको छ । मिडियम पेस बलर ईश्वरी विष्टको स्थानमा ब्याटर ममता चौधरी टिममा आएकी छन् ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् ।

नेपालको प्लेइङ ११ : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, कविता जोशी, मनिषा उपाध्याय र ममता चौधरी

महिला टी२०आई श्रृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय