+
+

स्रोत नखुलेको १६ लाख बढी रकमसहित २ पक्राउ

भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा सशस्त्र प्रहरी बलले १६ लाख ४९ हजार २०० रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते २१:०७

१९ माघ, रौतहट । स्रोत नखुलेको १६ लाख भन्दा बढी रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका– ४ का शिवमंगल साह र प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाईंले जानकारी दिए ।

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ४ महुलियाबाट सशस्त्र प्रहरी बलले १६ लाख ४९ हजार २०० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरू पक्राउ परेको एसपी हुमागाईंले जानकारी दिए ।

बरामद गरिएको नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको उपरीक्षक हुमागाइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?