+

डेम्बेलेको ह्याट्रिक, पीएसजीलाई १३ अंकको अग्रता

२०८१ माघ  २० गते ८:३१ २०८१ माघ २० गते ८:३१
डेम्बेलेको ह्याट्रिक, पीएसजीलाई १३ अंकको अग्रता

२० माघ, काठमाडौं । उसमान डेम्बेलेको ह्याट्रिकमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टलाई ५-१ ले पराजित गरेको छ । यो जितपछि पेएसजीले दोस्रो स्थानको मोनाको माथि १३ अंकको अग्रता समेत बनाएको छ ।

ब्रेस्टको मैदानमा भएको खेलमा डेम्बेलेले २९औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ५७औं र ६२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । पछिल्लो एक सातामा डेम्बेलेको यो दोस्रो ह्याट्रिक हो । च्याम्पियन्स लिगमा बुधबार उनले स्टुटगार्ड विरुद्ध जितमा पनि ह्याट्रिक गरेका थिए ।

२७ वर्षीय डेम्बेलेले पीएसजीका लागि पछिल्लो ८ खेलमा १४ गोल गरेका छन् । उनी फ्रेन्च लिगमा सर्वाधिक गोल गर्ने सूचीमा अगाडि छन् ।

पिएसजीका लागि बाँकी दुईगोल गोन्साकलो रामोसले गरे । रामोसले ८९औं र इन्जुरी टाइमको सातौँ मिनेटमा गोल गरे । ब्रेस्टका लागि रोमाइल डेल कास्टिलोले सान्त्वना गोल गरे ।

जितपछि पीएसजीले २० खेलबाट ५० अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको मोनाकोको ३७ अंक छ ।

उस्मान डेम्बेले पीएसजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय