+

महिला टी-२०आई शृंखला : नेदरल्याण्ड्स विरूद्ध बलिङ गर्दै नेपाल, रेवतीको डेब्यू

२०८१ माघ  २० गते ११:५९ २०८१ माघ २० गते ११:५९
महिला टी-२०आई शृंखला : नेदरल्याण्ड्स विरूद्ध बलिङ गर्दै नेपाल, रेवतीको डेब्यू

२०‌ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ ।

कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । डच कप्तान बाबेट डे लिडेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले अघिल्लो खेलबाट एक परिवर्तन गरेको छ । चोटका कारण कविता कुँवर बाहिर छिन्। उनको स्थानमा रेवती धामीले डेब्यू गर्ने छिन् ।

रेवतीले भर्खरै सम्पन्न पीएम कप महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशबाट खेलेकी थिइन् ।

महिला टी-२०आई शृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय