+
+

नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा यादव घिमिरे

तेस्रो वार्षिक साधारण सभाबाट संघको अध्यक्षमा घिमिरे निर्वाचित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १२:२९

२० माघ, काठमाडौ| । नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा यादव घिमिरे निर्वाचित भएका छन् ।

बिहीबार लोकन्थलीमा सम्पन्न तेस्रो वार्षिक साधारण सभाले संघको अध्यक्षमा यादवलाई निर्वाचित गरेको हो।

नयाँ कार्यसमिति उपाध्यक्षमा रामहरि कार्की, सचिवमा विष्णुप्रसाद बख्रेल, कोषाध्यक्षमा श्यामहरि लुइँटेल चयन भएका छन् ।

यसै गरी सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान, सुनिला गोयल अग्रवाल चयन भएका छन् ।

संघको अध्यक्षमा निर्वाचित भएपछि घिमिरेले संघको सदस्यता विस्तार, मर्यादित तथा व्यवस्थित संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले टिस्यु पेपरको कच्चा पर्दाथमा सरकारले लगाउँदै आएको अन्तःशुल्क हटाउन पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?