
२० माघ, काठमाडौं। नेपाल गणित समाजको सभापतिमा सह-प्राध्यापक डा.श्रीराम खड्का निर्वाचित भएका छन् । समाजको साधारण सभाले खड्काको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
यस्तै समाजको उपसभापतिमा सहप्राध्यापक डा.परमेश्वरी कट्टेल, सचिवमा डा. रमेश गौतम, सहसचिवमा डा.नवराज अधिकारीर कोषाध्यक्षमा डा.सरस्वती आचार्य निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा पुष्पनिधि गौतम, डा. शर्मिला श्रेष्ठ,डा. खरिका देवी पराजुली, विश्वेश्वरप्रसाद भट्ट, गुणाखर पोखरेल, सुशील खड्का रहेका छन्।
२०३५ सालमा स्थापना भएको नेपाल गणित समाजमानेपाल र विदेशका गरि करिब ४० विश्वविद्यालय र नेपालका अधिकांश शैक्षिक क्षेत्रममा कार्यरत१ हजार २ सय २० गणितज्ञहरू सदस्य छन् ।
नवनिर्वाचित सभापति डा. खड्काले समाजलेसञ्चालन गरेको सोसाइटी टु सोसाइटी कार्यक्रमलाई जिल्ला तथा पालिकास्तरमा विस्तार र ‘टकटु स्टुडेन्ट’को आरम्भ गर्ने बताएका छन् ।
प्रतिक्रिया 4