+
+

अनुमति विना सडक खन्नेलाई ५० हजार रुपैयाँ जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १६:५४

२० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिविना सडक खनेको भन्दै  एक व्यक्तिलाई जरिबाना गरेको छ । २९ नम्बर वडाले टेकबहादुर कठायतलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

वडा कार्यालयका अनुसार अनुमति विना सडक खनेको पाइएकोले कठायतलाई जरिबाना गरिएको हो । कठायतले ब्यारिकेट नराखी असुरक्षित ढंगले सडक खनेको महानगरले जनाएको छ ।

अनुगमनको क्रममा कठायतले अनुमति पनि नलिएको र आवश्यक मापदण्ड पनि पालना नगरी सडक खनेको  पाइएको वडा कार्यालयले जनाएको छ ।

महानगरभित्रका जुनसुकै सडक खन्दा पनि सम्बन्धित वडा कार्यालयको स्वीकृति र सुरक्षित ढंगले काम गर्न अनिवार्य ब्यारिकेट लगाउनुपर्ने व्यवस्था रहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?