+
+

विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १७:३२

२० माघ, काठमाडौं । मुलुकमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार असार मसान्तयता विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेको हो ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति सोही अवधिमा १०.३ प्रतिशत बढेको छ । पुस मसान्तसम्म १६ अर्ब ८४ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिति छ । पुस मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

पछिल्लो आयातको तथ्यांकअनुसार हालको सञ्चिति रकमले १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने र १७.३ महिनाको वस्तु आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?