+
+

‘मिराई’ छायांकनलाई श्रीया काठमाडौंमा, ‘पुष्पा २’ अभिनेता जगपति बाबु आज आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १७:५९
साउथ स्टार श्रीया शरण (बायाँ) र ‘पुष्पा २’ भिलेन जगपति बाबु ।

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘मिराई’को दोस्रो चरणको छायांकन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । पहिलो चरणको छायांकन पनि बैशाख पहिलो साता नेपालका विभिन्न स्थानमा भएको थियो ।

सोमबारदेखि १६ दिनसम्म नेपालका विभिन्न लोकेसनमा फिल्म छायांकन हुने निर्माण नियन्त्रक तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

उनका अनुसार काठमाडौं, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा दोस्रो चरणको छायांकन हुनेछ । छायांकनका लागि अभिनेत्री श्रीया शरणसहित कलाकारको टोली आइतबार काठमाडौं आइपुगेको छ ।

तामिल, तेलुगु र हिन्दी फिल्मका चर्चित फिल्ममा अभिनय गरेकी शरण नेपालमा अजय देवगण स्टारर ‘दृश्यम’ र ‘दृश्यम २’का लागि परिचित छिन् ।

यी दुबै फिल्मले नेपालमा राम्रो कमाइ गरेका थिए । निर्माण नियन्त्रक लामाका अनुसार छायांकनका लागि अर्का अभिनेता जगपति बाबु सोमबार नेपाल आउनेछन् ।

बाबुले ‘पुष्पा २’मा मुख्यमन्त्रीको भूमिका निर्वाह गरेका थिए, जुन फिल्म अहिले पनि नेपालमा चलिरहेको छ । तेजा सज्जाको मुख्य भूमिका रहने यो फिल्मलाई कार्तिक गट्टामनेनीले निर्देशन गर्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?