+
+

यस्तो छ आज टप १० ब्रोकर कम्पनीको किनबेच

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १८:१९

२० माघ, काठमाडौं । आइतबार सेयर बजारमा १२ अर्ब ९५ करोडको कारोबार भयो । यो कारोबार रकम गत भदौ १८ यताकै उच्च हो ।

बजारमा साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबारको कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ३२. ४ प्रतिशत हो । यस दिन टप १० ब्रोकरमध्ये ६ मार्फत खरिद धेरै भएको छ भने ४ मार्फत बिक्री धेरै भएको छ । समग्रमा टप १० ब्रोकर कम्पनीमार्फत ४ अर्ब ३९ करोडको खरिद हुँदा ४ अर्ब २ करोडको बिक्री भएको छ ।

खरिद धेरै हुनेमा भिजन, आर्यतारा, अनलाइन, हातेमालो, दिपशिखा र सुमेरु छन् । त्यस्तै नासा, इम्पेरियल, सनी र डायनामिकमार्फत बिक्री धेरै भएको छ ।

धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?