+

यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा

२०८१ माघ  २१ गते १५:१४ २०८१ माघ २१ गते १५:१४

एसोसियट राष्ट्रबाट यस टिममा पर्ने पुजा एक्ली खेलाडी हुन् । उनलाई आईसीसीले छैटौं नम्बरको खेलाडीका रूपमा राखेको छ ।

यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा

२१ माघ, काठमाडौं । नेपाली यू-१९ महिला टोलीकी कप्तान पुजा महतो आईसीसी यु-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा समावेश भएकी छिन् ।

आईसीसीले सोमबार सार्वजनिक गरेको ‘टिम अफ द टुर्नामेन्ट’मा नेपालकी पुजा पनि परेकी हुन् । एसोसियट राष्ट्रबाट यस टिममा पर्ने पुजा एक्ली खेलाडी हुन् । उनलाई आईसीसीले छैटौं नम्बरको खेलाडीका रूपमा राखेको छ ।

पुजाले प्रतियोगिताभर ४ खेलमा ७० रन बनाएकी थिइन् । उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी थिइन् । त्यस्तै उनले ९ विकेट समेत लिएकी थिइन् ।

टिम अफ द टुर्नामेन्टमा एक अतिरिक्त सहित राखिएका १२ जनामध्ये भारतका ४, दक्षिण अफ्रिकाका ३ तथा इंग्ल्याण्डका २ जना छन् भने नेपाल, श्रीलंका र अस्ट्रेलियाका १-१ खेलाडी रहेका छन् ।

प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै आइतबार भारतले उपाधि जितेको थियो ।

नेपाल समूह चरणका तीनवटै खेलमा पराजित हुँदा प्लेअफमा भने आयोजक मलेसियालाई हराउँदै सान्त्वना जित निकालेको थियो ।

टिम अफ द टुर्नामेन्ट : गोंगदी तृशा (भारत), जेमा बोथा (दक्षिण अफ्रिका), डेभिना पेरिन (इंग्ल्यान्ड), कमलिनी गुनलान(भारत), काइम्हे ब्रे (अष्ट्रेलिया), पुजा महतो (नेपाल), कायला रेनेके (कप्तान,दक्षिण अफ्रिका),केटी जोन्स (विकेटकिपर, इंग्ल्यान्ड), आयुशी शुक्ला (भारत), चामोदी प्रबोदा (श्रीलंका), वैष्णवी शर्मा (भारत), थाबिसेङ निनी (दक्षिण अफ्रिका)

पुजा महतो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय