+
+

संसद्ले एउटा पुस्तक पनि डोनर खोजेर छाप्नुपर्ने अवस्था राम्रो भएन : पूर्वसांसद अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १५:२३
‘सरोकार दर्पण’ विमोचन कार्यक्रम

२१ माघ, काठमाडौं । पूर्वसांसद राधेश्याम अधिकारीले संसद्ले पुस्तक निकाल्न डोनर खोज्नुपर्ने अवस्थामा सुधार आउन आवश्यक रहेको बताएका छन् ।

सोमबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रकाशन गरेको ‘सरोकार दर्पण’ विमोचनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘राज्यका तीन अंगमध्ये कार्यपालिकाको हातमा डाडु पन्युँ छ । तर संसद्ले एउटा पुस्तकसम्म निकाल्न नसक्ने अवस्था छ । यो अवस्था घिनलाग्दो हो’, अधिकारीले भने ।

संसदीय समितिले डोनरको सहयोगमै ‘सरोकार दर्पण’ प्रकाशन गरेको हो । दर्पण पुस्तक प्रकाशनका लागि समितिले यूएनडीपी, एशिया फाउन्डेसन, एनडीआई, आईआरआई, जनसंख्या तथा विकासका लागि साम्सदहरुको राष्ट्रिय मञ्च (एनएफपीपीडी) लगायतको सहयोग लिएको छ ।

उक्त पुस्तक विमोचकमा बोल्दै अधिकारीले संसद्ले पुस्तक निकाल्न डोनर खोज्नुपर्ने अवस्था उचित नभएको बताए । ‘संसद्ले एउटा पुस्तक पनि डोनर खोजेर छाप्नुपर्ने अवस्था राम्रो भएन कि,’ अधिकारीले भने ।

उनले अहिले संसद्मा अनुसन्धानका लागि पनि लगानी नभएको पनि बताए ।

जसकारण संसद् कमजोर भएको उनको भनाइ छ । पुस्तकालय पनि त्यति प्रभावकारी नभएको अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?