+
+

संस्कृति, प्रकृति र सम्पदा नेपालका खुला संग्रहालय : पर्यटनमन्त्री पाण्डे

मन्त्री पाण्डेले सम्पदा ठूलो पूँजी रहने भन्दै जल, जंगल र जडीबुटी जस्ता जैविक सम्पदा संरक्षण आवश्यकता औंल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १७:२९

२१ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला संग्रहालय भएको बताएका छन् ।

सोमबार प्रा. डा. सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तक र ‘हनुमानढोका’ स्मारिका विमोचन गर्दै मन्त्री पाण्डेले जीवित सम्पदाले नेपाल धनी भएको तथा विविध संस्कृति, प्रकृति र सम्पदा खुला संग्राहलय भएका बताएका हुन् ।

मन्त्री पाण्डेले सम्पदा ठूलो पूँजी रहने भन्दै जल, जंगल र जडीबुटी जस्ता जैविक सम्पदा संरक्षण आवश्यकता औंल्याए । उनले प्राकृतिक सम्पदा जोगाउन प्राज्ञिक र शैक्षिक बहस तथा छलफल हुनुपर्ने बताए ।

उनले सम्पदा अध्ययन, अन्वेषण हुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरी निष्कर्षमा पुग्नुपर्ने बताए । मन्त्री पाण्डेले हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धानात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेको भन्दै प्रशंसा समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?