+
+

संघीयता विरोधीलाई राधेश्यामको प्रश्न- प्रदेश त्यसै आएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १८:५०

२१ माघ, काठमाडौं । संविधानविद् राधेश्याम अधिकारीले राजनीतिज्ञले संविधानको मुख्य पिल्लर (स्तम्भ) ख्याल गर्न आवश्यक रहेको बताएका छन् ।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रकाशन गरेको ‘सरोकार दर्पण’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने उनले संविधानबारे बहस गर्दा ख्याल गर्नुपर्ने पनि सुझाव दिए ।

‘संघीयताबारे धेरै नकारात्मक टिप्पणी भइरहेको छ,’ उनले भने । नकारात्मक टिप्पणी गर्नेलाई संघीयता कसरी आयो ख्याल गर्न उनको आग्रह छ ।

‘संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशीता यो संविधानको चार वटा खम्बा हो । यो चलाउदा संविधान रहँदैन,’ अधिकारीले अघि भने, ‘प्रदेश त्यसै आएको हो ?’

वर्तमान सत्ता गठबन्धन बन्दा संविधान संसोधन गर्ने समझदारी भएको थियो । गत असार १७ गते मध्यराति कांग्रेस र एमालेबीचमा भएको ७ बुँदे समझदारीमा संविधान संशोधन गर्ने उल्लेख छ ।

संसद्को सबैभन्दा ठूला दल कांग्रेस र एमालेले नै संविधान संसोधन गर्ने समझदारीसहित सरकार बनाएपछि संविधान संसोधनको विषयमा राजनीतिक दलहरू छलफलमा छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संविधान संसोधनका लागि तीन वटा एजेन्डा अगाडि सारिसकेको छ ।

२३ पुसमा सम्पन्न माओवादी केन्द्रको केन्द्रिय समितिको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र साम्दस सदस्य बाहिरबाट समेत मन्त्री बन्न सक्नेगरी संविधान संसोधन गर्ने एजेन्डा पास गरेको थियो ।

विपक्षी दलले एजेन्डा नै अगाडि सारिसकेको अवस्थामा सत्तारुढ दल पनि संविधान संसोधन सुझाव कार्यदल गठनको तयारीमा छन । दलहरू संविधान संसोधनको एजेन्डाबारे छलफलमा रहेका बेला कतिपयले प्रदेश संरचनाबारे समेत समीक्षा गर्नुपर्ने बताउदै आएका छन ।

यस्तो बहस गर्नेलाई संविधानसभा सदस्य समेत रहेका अधिकारीले संविधानको मूल विषय के हुन् भनेर स्मरण गरेका हुन ।

संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशीता वर्तमान संविधानको चार वटा खम्बा भएको र एउटा चलाउदा संविधान नै नरहन सक्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?