+
+

अनुमति लिएको स्थानभन्दा बाहिर शाखा नखोल्न कन्सल्टेन्सीहरूलाई निर्देशन

अधिकार क्षेत्र बाहिर गएर शाखा खोलेमा स्वीकृति रद्द गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते २०:१०

२१ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई सेवा सञ्चालन गर्न अनुमति लिएको स्थानभन्दा बाहिर शाखा नखोल्न निर्देशन दिएको छ ।

अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोलेको पाइएपछि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई सचेत गराएको हो ।

‘मन्त्रालयवाट सञ्चालन अनुमति दिएको स्थानभन्दा बाहिर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको हुँदा अनुमति पाएको विषय, क्षेत्र र स्थानबाहेक अन्य क्षेत्र वा विषय वा स्थानमा शाखा खोली सेवा प्रदान नगर्न शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका-२०७३ को दफा १४ बमोजिम निर्देशित गरिएको छ,’ मन्त्रालयले भनेको छ ।

अधिकार क्षेत्र बाहिर गएर शाखा खोलेमा स्वीकृति रद्द गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका-२०७३ ले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द हुन सक्ने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?