+
+

अनेरास्ववियुले ‘नेपाल टेक्नो फेस्ट २०२५’ आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते २०:१४

२१ माघ, काठमाडौं। अनेरास्ववियु प्राविधिक विद्यार्थी संघ नेपालले ‘नेपाल टेक्नो फेस्ट २०२५’ को आयोजना गर्ने भएको छ ।

फागुन ८ र ९ गते गरी दुई दिनसम्म चल्ने फेस्टमा इन्जिनियरिङ, एग्रिकल्चर र फरेस्ट्री पढ्ने विद्यार्थीहरूसँग सम्बन्धित कार्यक्रम हुने छ ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ, कृषि र वन विज्ञान सम्बन्धीका कलेजका विद्यार्थीहरूको सहभागिता रहने अध्यक्ष विशाल आचार्यले बताए ।

हरेक विधाको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँको पुरस्कार पनि रहेको छ ।

प्राविधिक क्षेत्रका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै नयाँ ज्ञान क्षमताको विकास गर्नका लागि मेलाको आयोजना गर्न लागिएको अध्यक्ष आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?