+

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर सनिश बने सहारा वर्षोत्कृष्ट खेलाडी

२०८१ माघ  २२ गते १६:४८ २०८१ माघ २२ गते १६:४८
नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर सनिश बने सहारा वर्षोत्कृष्ट खेलाडी

२२ माघ, पोखरा । नेपाली राष्ट्रिय टिम तथा मछिन्द्र क्लबका डिफेन्डर सनिश श्रेष्ठलाई सहारा क्लबले सम्मान गरेको छ । सहारा क्लबले २४औं आहा रारा पोखरा गोल्डकपको उद्घाटनको अवसरमा वर्षको उत्कृष्ट खेलाडी सम्मानबाट सनिशलाई सम्मान गरेको हो ।

सहाराले सनिशलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको हो । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले हरेक वर्ष एक जना राष्ट्रिय टोलीको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ ।

सहारा क्लबले यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलानलाई सम्मान गरेको थियो ।

आजदेखि सुरु भएको २४औं आहारारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सह।रा र विभागीय टोली नेपाल पुलिस क्लब भिडिरहेकाछन् । पहिलो हाफमा नेपाल पुलिस १-० ले अगाडि छ ।

आहारारा पोखरा गोल्डकप सनिश श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय