
काठमाडौं । मोडल कुसुम शर्मालाई धेरैले ‘सकम्बरी’ नामले चिन्छन् । प्रकाश सपुतको गीत ‘फूलमाया’बाट उनी चर्चामा आइन् । ‘डिमान्डेड’ मोडल समेत बनिन् । अहिलेसम्म ५० भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
यतिबेला कुसुम अभिनयले होइन, प्रेमसम्बन्धले चर्चामा छिन् । टिकटकमा उनको ‘रिलेसनसिप’ छताछुल्ल छ । रोमान्टिक टिकटक भिडियोले उनी प्रेममा छिन् भन्ने पुष्टि गर्छ । ग्ल्यामर क्षेत्रभन्दा बाहिरका काठमाडौंमा घर भएका एक युवक विश्व अधिकारीसँग उनी प्रेममा रहेको चर्चा छ ।
टिकटक भिडियोदेखि कमेन्ट हेर्दा यी दुईजना प्रेममा रहेको सहजै बुझ्न सकिन्छ । विश्वले पनि टिकटकमा कुसुमसँगका रोमान्टिक भिडिया हालिरहेका छन् । निकट स्रोतका अनुसार कुसुम र विश्व केही महिनादेखि प्रेम सम्बन्धमा छन् । एकदुईवर्षमै आफूहरू विवाह तयारीमा रहेको कुरा कुसुमले निकटवर्तीलाई बताएकी छन् ।
@kusumitheone Mero RajKumar 🤣♥️😒#evileyesoff🧿🖤 #fyp ♬ original sound – Nisha Karki
टिकटक भिडियोमा यी दुईको गहिरो प्रेम र आकर्षण देखिन्छ । उनीहरूले एकअर्कालाई मायालु शब्द र भावले बोलाइरहेका देखिन्छन् । टिकटकमा यसरी प्रेम सम्बन्धलाई प्रस्तुत गर्नुले यी दुईले आफूहरूको प्रेमलाई सार्वजनिकरुपमै व्यक्त गरेको रुपमा बुझ्न सकिन्छ । कामको कुरा गर्दा, कुसुमले फिचर फिल्म ‘वर एण्ड वधु’बाट डेब्यु गरेकी थिइन् ।
प्रतिक्रिया 4