+
+

मनाङको चामेस्थित जंगलमा तीन दिनदेखि डढेलो, नियन्त्रणमा सकस

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते २१:१२

२२ माघ, काठमाडौं । मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ जंगमा गत आइतबार साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

भौगोलिक जटिलताका कारण नियन्त्रणमा कठिनाई भएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले जानकारी दिए ।

‘आइतबार बेलुकीबाट आगो लागेको हो । नियन्त्रणमा आएको छैन,’ उनले अनलाइनखबरसँग भने ।

अहिलेसम्म बस्तीमा असर नगरेको उनले बताए । उनका अनुसार आगलागी नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय र स्थानीय लागिपरेका छन् ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।

तस्बिरः नवीन लामिछाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?