मानिसहरू तौल कम गर्नकै लागि विभिन्न उपाय अपनाउने गर्छन्। कोही खाना नै खान छोड्छन् भने कोही कडा व्यायाम गर्छन्। यति गर्दागर्दै पनि तौल कम नहुँदा मानिसहरू निराश हुन्छन्।
आजभोलि बिग्रँदो खानपान र जीवनशैलीका कारण धेरै मानिसहरूमा तौल बढ्ने समस्या देखा पर्न थालेको छ। मोटोपनाका कारण मधुमेह, उच्च रक्तचापजस्ता थुप्रै किसिमका समस्या उत्पन्न हुन्छन्।
तौल कम गर्न सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, हृदयाघात जस्ता नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सकिन्छ। त्यसैले मान्छेहरू तौल नियन्त्रण गर्नको लागि विभिन्न उपाय अपनाउँछन्।
हिजोआज सामाजिक सञ्जाल र इन्टरनेटमा तौल घटाउने तरिकाबारे हजारौँ सुझाव, सल्लाह भेटिन्छन्, तर यीमध्ये प्रत्येक विधि सबैका लागि सही नहुन सक्छ। केही विधिहरू स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छन्। त्यसैले तौल घटाउने सही उपाय रोज्नुपर्छ।
क्यालोरी काउन्ट तौल कम गर्न लागि आवश्यक हुने एउटा पाटो हो। त्यसैले तौल कम गर्नका लागि खाना खानै छोड्ने भन्दा पनि क्यालोरी घटाउनु महत्वपूर्ण हुन्छ।
क्यालोरी घटाउनु किन महत्त्वपूर्ण छ ?
तौल कम गर्नका लागि, क्यालोरी घटाउनु धेरै महत्त्वपूर्ण हुन्छ। किनकी यसबाट राम्रो तरिकाले तौल घटाउन सकिन्छ। आफ्नो आवश्यकता भन्दा कम क्यालोरी खपत गरियो भने त्यसपछि शरीरले ऊर्जाका लागि शरीरमा स्थिर फ्याट जलाउन थाल्छ। जसका कारण तौल छिट्टै कम हुनथाल्छ। तौल कम गर्नका लागि धेरै क्यालोरी भएको खानेकुरा खानुको सट्टा स्वास्थ्यकर खानेकुरा खानुपर्छ।
क्यालोरी बर्न भनेको के हो ?
हामीले जतिपनि खाना खान्छौँ त्यति नै क्यालोरी शरीरभित्र आउँछ। किनभने क्यालोरी भनेको ऊर्जाकै एउटा अवस्थिति हो। शरीरको हरेक प्रक्रियामा ऊर्जाको आवश्यकता हुन्छ।
अनि हरेक कुरामा क्यालोरी बर्न पनि हुन्छ। मुटुलाई धड्कनका लागि, फोक्सोलाई श्वासप्रश्वासका लागि, पेटलाई खाना पचाउनका लागि पनि ऊर्जाको जरुरी हुन्छ र ऊर्जा खर्च हुन्छ।
हाम्रो शरीरमा क्यालोरी कार्बोहाइड्रेट, प्रोटिन र बोसोबाट बन्छ। जब शरीरले ऊर्जा सिर्जना गर्ने क्रममा यी चीजहरू खपत हुनथाल्छ, त्यो अवस्थालाई क्यालोरी बर्निङ भनिन्छ।
क्यालोरी घटाउनुका फाइदा
तौल घटाउनको लागि क्यालोरी कम गरियो भने यसले शरीरमा ऊर्जा सन्तुलन कायम राख्न मद्दत गर्छ। यस्तो अवस्थामा खानामा क्यालोरीको मात्रा घटाएर र शरीरमा जम्मा भएको बढी बोसो जलाउन सकिन्छ।
खानामा क्यालोरीको मात्रा कम गरियो भने मधुमेहबाट बच्न सकिन्छ। यदि क्यालोरी कम गरियो भने यसले रगतमा चिनीलाई बढ्नबाट रोक्न सकिन्छ र मधुमेहको जोखिमबाट पनि बच्न सकिन्छ।
यदि शरीरमा क्यालोरी कम भयो भने, मुड सुधार हुनसक्छ। यसले तनाव कम गर्न सक्छ। त्यसैले तनावमा धेरै खानेकुराबाट बच्न सल्लाह दिइन्छ। क्यालोरी घटाउँदा प्रतिरक्षा प्रणाली बलियो हुन्छ। यसले मेटाबोलिज्मलाई राम्रो बनाउँछ र शरीरलाई धेरै समस्याबाट बचाउन सक्छ।
क्यालोरीको कमीले गर्दा राम्रो निद्रा लाग्छ। जसले गर्दा शान्तपूर्वक सुत्न सकिन्छ।
समग्रमा, यदि छिटो वजन घटाउन चाहने हो भने, यो क्यालोरी सेवन कम गर्न धेरै महत्त्वपूर्ण हुन्छ। यसले शरीरका लागि अन्य धेरै फाइदाहरू पनि हुनसक्छ। कम क्यालोरी गणनाको कारण समग्र स्वास्थ्य लाभान्वित हुन्छ।
क्यालोरी बढी भएको खाना
बजारमा पाइने प्रशोधित खानेकुरा चाउचाउ, विस्कुट, चिप्स, कोकाकोला, पेप्सी आदि चाहिं उच्च क्यालोरीयुक्त खानेकुरा हुन् । यस्ता उच्च क्यालोरी भएको खानेकुरा खानु हुँदैन।
कम क्यालोरी भएको खाना
दैनिक खानामा कम्प्लेक्स कार्बोहाइड्रेड जस्तो मकै, ओट्स, गहुँ, कोदो जस्ता खानेकुरा सही मात्रामा खानुपर्छ । दाल गेडागुडीको सेवन गर्नु पनि लाभदायक हुन्छ यसमा फाइबर र प्रोटिन पनि हुन्छ । साथै फलफूल, सागसब्जी, ड्राइफ्रुटस्जस्ता खानेकुरामा क्यालोरीको मात्रा कम हुन्छ यस्ता खानेकुराको सेवन गरेर क्यालोरी घटाउन सकिन्छ ।
प्रतिक्रिया 4