+
+

१५ विद्यार्थीलाई फिल्म अध्ययनको लागि छात्रवृत्ति प्रदान, कसले पाए ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १६:१९

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरेको छ । बुधबार आयोजित समारोहमा बोर्ड अध्यक्ष दिनेश डीसीले विभिन्न संकाय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरे ।

छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको छ । माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति अस्कर कलेजका संयोजक नवनिधि दाहाल र फिल्म क्याम्पस तथा संगीत विद्यालयका प्रिन्सिपल शिशिर उप्रेतीलाई हस्तान्तरण रकम हस्तान्तरण गरियो ।

माध्यमिक तहमा १, स्नातक तह पहिलो वर्षको लागि १२ जना, विद्यावारिधीको लागि १ र दर्शनाचार्यको लागि १ जनालाई छात्रवृत्ति प्रदान गरिएको बोर्डले जनाएको छ । माध्यमिक तहको लागि १५ हजार, दर्शनाचार्य, विद्यावारिधी र स्नातक तह पहिलो वर्षको लागि ५० हजार दिइएको उल्लेख छ ।

यसबर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थिले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको हो । यसबर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिक तर्फ ५ जनालाई छात्रवृद्धि प्रदान गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?