+
+

बिहीबार प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १७:३३

२३ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रचण्डले सम्बोधन गर्ने तय भएको जानकारी दिए ।

पाण्डेले भनेका छन्, ‘उहाँ (प्रचण्ड)ले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक विषयमा आफ्नो धारणा र सरकारलाई सुझाव दिनुहुनेछ ।’

संघीय संसदको हिउँदे अधिवेशन ही माघ १८ गतेबाट सुरु भएको छ । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् ।

बिहीबार प्रतिनिधि सभामा यसअघि सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने लगायतका सम्भाविक कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?