+
+

‘राजागञ्ज’को टिजर : अपहरित बच्चा खोज्न प्रहरीले चालेको अप्रेसनको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १८:२१

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’को टिजर सार्वजनिक भएको छ । १ मिनेट २० सेकेन्ड रनटाइमको टिजरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।

सांसदका छोरासहित दुई बच्चाको अपहरणपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजी अप्रेसनको कथा फिल्ममा छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक दिन्छ ।

फिल्मको शीर्ष भूमिका इन्सपेक्टर पूजाको भूमिकामा आशा मगराती चित्रित छिन् । पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक पनि प्रहरी अफिसरको रोलमा छिन् । विजय बराल र दयाहाङ राई पनि टिजरमा फिचर्ड छन् ।

टिजरको अन्त्यमा पूजा पात्र भन्छिन्- अपहरणकारीको टार्गेट मधेशी सभासदज्यूलाई हो कि, उहाँको श्रीमती पहाडे भएको कारणले हो ? यो बच्चाको रङ चाहिँ गोरो भएर हो ?’ निर्देशक रौनियारले यो संवादमार्फत वर्णको आधारमा हुने क्षेत्रीय विभेदलाई दर्शाउन खोजेका छन् ।

टिजरमा अभिनेत्री ऋचा शर्माले अपहरण गरिएका बच्चाकी आमाको भूमिकामा अभिनय गरेकी छन् । ‘राजागञ्ज’ फिल्मको निर्माण आदि फिल्म्सका लागि रौनियार र मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् । भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको ‘राजागञ्ज’ चैत १ गते (१४ मार्च)मा नेपालका हलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?