+
+

मिलन चाम्सले ‘सुम्निमा’लाई नेपाली र अंग्रेजी भाषामा बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १९:२०

काठमाडौं । मिलन चाम्सको आगामी फिल्मको शीर्षक ‘सुम्निमा’ तय भएको छ । प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुने भएको छ ।

निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म बन्ने बताए । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ’ चाम्सले भने ।

नेपाल र बेलायतमा यो फिल्म अगस्टदेखि छायांकन हुनेछ । यो फिल्मको अन्तर्राष्ट्रिय वितरणमा उनको अघिल्लो फिल्म ‘गोर्खा वारिअर’लाई दक्षिण कोरियामा वितरण गरेको कम्पनीले चासो दिएको छ । ‘अन्तर्राष्ट्रिय वितरणको लागि कोरियाली कम्पनीलाई दिने कि अन्यलाई भन्ने टुंगो लाग्न बाँकी छ’ उनले भने ।

विहिबारदेखि कलाकारलाई अनुबन्धित गर्ने क्रम सुरु हुने जानकारी चाम्सले दिए । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने फिल्म निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ । फिल्मलाई राजीव थापाले लेखेका हुन् ।

चाम्स निर्देशित पछिल्लो फिल्म ‘अञ्जिला’ २९ फागुनदेखि नेपालका हलमा प्रदर्शन तयारीमा छ । यो फिल्म बेलायतमा भने फेब्रुअरी १५ मा रिलिज गर्ने तयारी छ । रिलिजपूर्व लण्डनमा प्रिमियर समारोह आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?