+

आहारारा पोखरा गोल्डकपमा आज चर्च ब्वाइज र एनआरटी भिड्दै

२०८१ माघ  २४ गते ११:०५ २०८१ माघ २४ गते ११:०५
आहारारा पोखरा गोल्डकपमा आज चर्च ब्वाइज र एनआरटी भिड्दै

२४ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वाटरफाइनलमा आज ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । खेल पोखरा रंगशालमा दिउसो २:४५ बजे सुरु हुनेछ ।

अहिलेसम्म आहाराराको उपाधि जित्न नसकेको दुवै टोली पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । तर दुवै टोलीको मुख्य टिम अहिले धरानमा जारी २५औं बुढासुब्बा गोल्डकप खेलिरहेकाले पोखरामा खेल्ने टिममा नयाँ खेलाडीहरु छन् ।

ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजको पहिलो रोजाइको टिम धरानमा खेलिरहेको छ । अनन्त तामाङ कप्तानीमा खेलेको चर्च ब्वाइजले बुधबार पहिलो सेमिफाइनलमा भुटानी क्लब आरटीसीलाई हराएर फाइनल पुगिसकेको छ । त्यसैले पोखरामा विदेशी खेलाडी सर्ज डिकाको कप्तानीमा अर्को टोली पठाएको छ ।

उता एनआरटीले आज बिहीबार दुबैतिर खेल्दैछ । धरानमा सेमिफाइनल खेल्ने तयारीमा रहेको एनआरटीको टिमको कप्तानी सरोज तामाङले गरिरहेका छन् । केही समयअघि मात्र एनआरटीमा आबद्ध भएर कप्तानी गर्दै आएका राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट भने आहारारा खेल्न पोखरा आएका छन् ।

उनी बाहेक अधिकांश पहिलो रोजाइका खेलाडी धरानमा छन् । पोखरामा एनआरटीले युवा खेलाडीहरुले समेटेर टिम बनाएको छ । चर्च ब्वाइज र एनआरटी पहिलो पटक आहारारा पोखरा गोल्डकपमा खेल्न लागेका हुन् । लगातार तेस्रो पटक यस प्रतियोगितामा सहभागिता जनाएको चर्च ब्वाइज २३औं संस्करणको सेमिफाइनलसम्म पुगेको थियो ।

आहारारा पोखरा गोल्डकप एनआरटी चर्च ब्वाइज युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय