+

दोस्रो विश्वविद्यालय खेलकुदको ८०० मिटर दौडमा त्रिवि पहिलो

२०८१ माघ  २४ गते १२:०८ २०८१ माघ २४ गते १२:०८
दोस्रो विश्वविद्यालय खेलकुदको ८०० मिटर दौडमा त्रिवि पहिलो

२४ माघ, पोखरा । दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको ८०० मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मी रावल प्रथम भएका हुन् ।

विकासले निर्धारित दूरी २:१०:११ मिनेटमा पार गरे भने राज्यलक्ष्मीले २:३५:३४ मिनेटमा दूरी पार गरेका हुन् । यस्तै मध्यपश्चिमान्चल विश्व विद्यालयका भरत राना र हिमाली शाही दोस्रो भए । भरतले २:१३:९१ र शाहीले २:५८:६५ मिनेटमा दूरी पार गरेका थिए । यस्तै सुदुर पश्चिमान्चल विश्व विद्यालयका निपूर्ण चन्द  र गण्डकी विश्वविद्यालयकी कृति गिरी तृतीय भएका छन् ।

यस्तै महिला लङजम्प तर्फ त्रिभुवन विश्वविद्यालयकी संचिता घिमिरे प्रथम,हिमाली साही मध्यपश्चिमान्चल विश्वविद्यालय द्धितीय र त्रिभुवनकी विना थापा तृतीय भएका छन् । यता पुरुष २०० मिटर दौडमा सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवनका प्रकाश जोशी द्धितीय र काठमाण्डौ विश्वविद्यालयका विकास कुमार शाह तृतीय भएका छन् ।

महिला २०० मिटरमा त्रिभुवनका विना थारु प्रथम र आकृति चौधरी द्धितीय भए भने लुम्बिनी विश्वविद्यालयकी मनिष कुँवर क्षेत्री तृतीय भइन् ।

त्रिभुवन विश्वविद्यालय दोस्रो विश्वविद्यालय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय