+
+

सामाजिक सञ्जाल विधेयकमा सुमनाको प्रश्न- सरकारले युवाको आवाज सुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १३:४७
फाइल तस्वीर

२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संसद्‌मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘हिजोबाट सामाजिक सञ्जालमा प्रोटेस्ट सुरु भएको छ । सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज सुरु भएको छ,’ बैठकमा उनले भनिन्, ‘यो आवाजलाई सरकारले सुन्छ ? यो आवाज उठाउँदै गर्दा सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले युवाहरूलाई बोलाएर विधेयकबारे थप छलफल गर्न सुझाव पनि दिएकी छिन् ।

‘युवालाई बोलाउनुस्, पेलेरै यो सदनबाट विधेयक पारित हुन्छ भन्ने हामीले देखेका पनि छौं । कन्टेन्ट क्रियसन भनेको के हो ? सोसल मिडियाका सामान्य कुराहरू पनि नबुझेर सरकारले यो विधेयक ल्याएको छ,’ उनले भनिन् ।

सबै सांसदहरूले युवाहरूको आवजलाई उठाउनपर्ने सांसद श्रेष्ठको भनाइ थियो ।

युवाहरूलाई आग्रह गर्दै उनले भनिन्, ‘तपाईंहरूको आवाज यो सदनले सुन्नैपर्छ । अब सबै सांसदले युवाको आवाज सुन्न दिने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?