+
+

गाजालाई प्यालेस्टिनी जनतामुक्त बनाउने ट्रम्पको प्रस्तावप्रति नेकपा माओवादीको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १६:०९
फाइल फोटो ।

२४ माघ, काठमाडौं । गाजालाई प्यालेस्टिन जनतामुक्त बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति नेकपा माओवादीले आपत्ति जनाएको छ । ट्रम्पको उक्त भनाइप्रति नेकपा माओवादी केन्द्रको आपत्ति रहेको र घोर भर्त्सना रहेको पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

‘यो नांगो साम्राज्यवादी तथा विस्तारवादी नीति संयुक्त राष्ट्र संघको घोषणापत्र, सबै मुलुकहरूको सार्वभौमिक समानताको नीति , संयुक्त राष्ट्र संघको को मान्यता, मर्म एवं भावना र प्यालेस्टाइन मामिलामा संघले पारित गरेका प्रस्तावहरूको विरुद्धमा छ’, उनले लेखेका छन् ।

नेता श्रेष्ठले अन्तर्राष्ट्रिय कानुन र मानव सभ्यताको धज्जी उडाउने ट्रम्पको उक्त प्रस्ताव अस्वीकार गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘त्यस क्षेत्रमा कायम रहेको अहिलेको युद्ध विरामलाई निरन्तरता दिई अन्ततः संयुक्त राष्ट्रसंघ द्वारा पारित दुई सार्बभौम राज्यको नीतिलाई व्यवहारमा लागू गरेर सार्बभौमसत्तासम्पन्न प्यालेस्टाइनको स्थापनाद्वारा मात्र त्यहाँ विद्यमान समस्या तथा द्वन्द्वको समाधान हुन सक्दछ।’

उनले तत्काल स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति अनुरुप यस विषयमा आफ्नो दृष्टिकोण ,नीति र धारणा सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन्।

बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजामा रहेका १८ लाख प्यालेस्टिनीलाई अरबी मुलुकमा पठाउने विचार राखेका थिए ।

‘गाजा एक विध्वंशस्थलमा रूपान्तरण भइसकेको छ । यस्तोमा गाजामा रहेका १८ लाख प्यालिस्टिनीहरूलाई अन्य अरब देशहरूमा पठाउनुपर्छ । ताकि, गाजालाई नियन्त्रणमा लिएर यहाँबाट जिउँदो बमहरूलाई हटाई पुनर्निर्माण गर्न अमेरिकालाई सफलता मिलोस् र अर्थव्यवस्थालाई गति दिन सकियोस्’, नेतन्याहूलाई साथ राखेर पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?