+

च्याम्पियन्स ट्रफीको संघारमा स्टोइनिसद्वारा एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा

२०८१ माघ  २४ गते १७:०५ २०८१ माघ २४ गते १७:०५
च्याम्पियन्स ट्रफीको संघारमा स्टोइनिसद्वारा एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा

२४ माघ, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउण्डर मार्कस स्टोइनिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

३५ वर्षीय स्टोइनिसले आईसीसी च्याम्पियन्स ट्रफीको संघारमा आएर यस्तो निर्णय लिएका हुन् । उनले टी-२०आई‌ करियरमा थप केन्द्रीत‌ हुनका लागि यस्तो निर्णय लिएको बताएका छन् ।

स्टोइनिसले अस्ट्रेलियाका लागि ७१ ओडिआई खेल्दा एक शतकसहित १४९५ रन बनाएका छन् । त्यस्तै ४८ विकेट पनि लिएका छन् । उनले सन् २०१९ र २०२३ को एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

स्टोइनिसले अष्ट्रेलियाका लागि ओडिआई क्रिकेट खेल्नु एउटा अविश्वसनीय यात्रा भएको बताउँदै हरेक क्षणका लागि कृतज्ञ भएको उल्लेख गरे । ‘मेरो देशलाई उच्च स्तरमा प्रतिनिधित्व गर्नु भनेको अमुल्य कुरा हो जसको म सँधैं कदर गर्छु’ स्टोइनिसले भनेका छन् ।

‘यो सजिलो निर्णय थिएन, तर म विश्वास गर्दछु यो सही समय हो मेरा लागि ओडिआईबाट टाढा जान अनि मेरो करियरको अर्को अध्यायमा पूर्ण ध्यान केन्द्रित गर्नका लागि’ स्टोइनिसले अगाडि भने ।

मार्कस स्टोइनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय