२५ माघ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले राजनीतिज्ञ र कलाकारबीच मैत्रीपुर्ण खेल आयोजना गर्दै छ । खेल शुक्रबार दिउँसो २ बजे लैनचौरस्थित एनसेल खेल मैदानमा हुने छ ।
उक्त खेलमा राजनीतिज्ञ समुहबाट प्रदिप ज्ञवाली, विश्व प्रकाश शर्मा, शक्ति बस्नेत, भानुभक्त ढकाल, देवेन्द्र दाहाल, मानवीर राई, महेश बस्नेत, राजिव पहारी, क्षितिज थेबे, महेश बर्तौला, दिपशिखा, सुबोध सिर्पाली, सुहाङ नेम्वाङ, कृष्ण हरि केसी, पुष्प श्रेष्ठ, विनय शाह, फुर्वा लामा, नविना लामा, रञ्जु राईलगायत छन् ।
कलाकारबाट धिरेन शाक्य, बद्री पंगेनी, दिनेश डिसी, आकाश श्रेष्ठ, दिपाश्री निरौला, मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा), सागर लम्साल (बले) लगायत अन्य मोडल र नयाँ कलाकारहरू रहेका छन् ।
राजनीतिक दलको समूहबाट टिम क्यापटेन क्षितिज थेबे छन् भने कलाकार समूहको कप्तान बद्री पंगेनी रहेका छन् ।
राष्ट्रिय युवा संघको आयोजनामा तेस्रो संस्करणको केपी ओली कप आगामी फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदछ । उक्त खेलको प्रचारको निम्ति विभिन्न समूह बनाएर खेल खेल्न लागिएको हो ।
‘जहाँ युवा, त्यहाँ खेलकुद’ भन्ने मुल नाराका साथ हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लब र विदेशि क्लबहरु सहभागी हुने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिएका छन्। नेपाल बाहेक भारत,भुटान र उज्वेकिस्तानका क्लबलाई पनि सहभागि गराउने विषयमा छलफल भइरहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । यसअघि भएको पहिलो र दोस्रो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
प्रतिक्रिया 4