
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘अडिएन्स च्वाइस’ अवार्ड जितेको कथानक फिल्म ‘पखेटा’ शुक्रबारदेखि कान्तिपुर सिनेमाज ओटीटीमा रिलिज भएको छ ।
पछिल्लो समय ‘इन्डी’ र ‘मिनिमालिस्ट’ शैलीका फिल्मलाई प्राथमिकता दिइरहेका यो ओटीटीले १ घण्टा ३६ मिनेट रनटाइमको यो फिल्मलाई प्लाटफर्ममा स्ट्रिमिङ थालेको हो ।
सनोल दासको पटकथा र निर्देशनमा बनेको फिल्मले सहरमा संघर्ष गरिरहेका युवा पात्रहरूको सपना, संघर्ष र यथार्थताको कथा पेश गर्छ । फिल्ममा सम्राट भुजेल, रोशनी मगर, दिपेश गजुरेल, परिक्रितविक्रम राणा लगायत कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीको अभिनय छ ।
फिल्मले देश तथा विदेशका धेरै महोत्सवमा प्रतिस्पर्धा गरिसकेको छ । प्लाटफर्मको एप र वेब ब्राउजरमा समेत फिल्म हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
यो ओटीटीमा ‘नेपाली फिक्सन, मदर, मुखिया, ऋतु, खरानी लगायतका प्लाटफर्मकै मौलिक फिल्म, द नाइट डायरिज, मिस स्कार्लेट, ब्रह्माण्ड, यौटा सपनाको अवसान लगायतका श्रृंखला रिलिज भैसकेका छन् । घरज्वाईँ, जुलेवी, म, नाङ्गो गाउँ, दान्वी, ज्याकी आई एम ट्वान्टीवानसहित ३० फिचर फिल्म पनि स्ट्रिमिङ भैरहेका छन् ।
प्रतिक्रिया 4