+
+

स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माओवादी सांसद शर्माको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १३:२६
फाइल तस्वीर

२५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माग गरेकी छन् ।

गुठी पीडितहरू काठमाडौंको माइतीघरमा प्रदर्शनमा छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको उनको आरोप छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गुठी जग्गाबाट निस्कासित भएकाहरूले पुनस्थापितको माग राख्दै आएको बताइन् । किसानले रैथानीबापत बुझाउनुपर्ने रकम वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने र जोतभोग गर्दै आएको जमिन मोहीको नाममा कायम गरियोस् भन्ने पीडितको माग रहेको उनले सुनाइन् ।

माइतीघरमा एक सातादेखि माइतीघरमा धर्नामा रहेको तर, सरकारले उनीहरूसँग कुरा समेत नगरेको भनेर ध्यानाकर्षण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?