+
'बी' डिभजन लिग :

‘बी’ डिभिजन लिग : उद्घाटन खेलमा च्यासल र वीरगंज युनाइटेड खेल्ने

२०८१ माघ  २५ गते १८:३४ २०८१ माघ २५ गते १८:३४
‘बी’ डिभिजन लिग : उद्घाटन खेलमा च्यासल र वीरगंज युनाइटेड खेल्ने

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी फागुन २५ गतेदेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिगको खेलतालिका सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाइटेडबीच खेल हुनेछ । उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो ३:३० बजे सुरु हुने हुने एन्फाले जनाएको छ ।

१४ क्लब सहभागी बी डिभिजन लिगका लागि १३ राउण्डसम्मको खेल तालिका सार्वजनिक भएको छ ।

उद्घाटन खेलपछि ११ राउण्डसम्मको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ भने अन्तिम दुई राउण्डको खेलको खेल स्थल पछि तय गरिने एन्फाले जनाएको छ ।

बी डिभिजन लिगमा च्यासल र वीरगंज युनाइटेडसँगै झापा फुटबल क्लब, ब्रिगेड ब्वाइज क्लब, टुसाल युथ क्लब, आरसिटी, नयाँबस्ती युथ क्लब, सरस्वती युथ क्लब, बाँसबारी क्लब, ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, मध्यपुर युथ एसोसिएसन, श्री कुमारी क्लब र प्लानिङ ब्वाइज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । करिब ३ वर्षपछि बी डिभिजन लिग सुरु हुन लागेको हो ।

पछिल्लो पटक सन् २०२२ मा भएको बी डिभिजन लिगको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको थियो । चर्च ब्वाइजले त्यसपछि ए डिभिजन लिग जितेको समेत दुई वर्ष पुग्न लागिसकेको छ ।

सन् २०२१-२२ मा भएको ए डिभिजन लिगबाट रेलिगेसनमा परेका च्यासल युथ र ब्रिगेड ब्वाइजले रेलिगेसनपछि पहिलो पटक बी डिभिजन लिग खेल्दैछन् । यसैगरी सी डिभिजन लिगबाट बढुवा भएका झापा फुटबल क्लब र प्लानिङ ब्वाइज पहिलो पटक बी डिभिजन लिग खेल्दैछन् ।

बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय