२५ माघ, काठमाडौ । भारतको दिल्लीमा यही फेब्रुअरी ९ देखि १२ सम्म आयोजना हुन लागेको छैटौं एसियन सभात प्रतियोगितामा भाग लिन नेपाली टोली भारत गएको छ ।
नेपाल सभात संघका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतको नेतृत्वमा २८ खेलाडी, ६ व्यवस्थापक तथा कोच गरी ३४ सदस्यीय टोली शुक्रबार सडक मार्गबाट दिल्ली प्रस्थान गरेको हो ।
दिल्ली स्थित तालकटोरा इंडोर स्टेडियममा आयोजना हुने उक्त प्रतियोगितामा एसियाबाट ७ देशका करिब ३०० खेलाडीहरूले विभिन्न उमेर समूहमा असट् (लाइट कनट्याक्ट) तर्फ र कम्ब्याट (फुल कनट्याक्ट) तर्फ गरी ७५ ओटा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन ।
प्रतियोगितामा लाइट कन्ट्याक्ट महिला ९ वर्षमूनि -२६ केजीमा नित्या कार्की, १२ वर्षमुनि -२९ केजिमा आयुशा मगर, +३० केजीमा हिमांशी दुलाल, १४ वर्षमुनि -३९ केजीमा अनिशा भण्डारीले प्रतिस्पर्धा गर्नेछन , २१ वर्षमुनि -५२ केजीमा आरती सिंखवाल र -५६ केजीमा सुष्मा घ्याबाले लाइट तथा फुल कन्ट्याक्ट दुवैमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै लाइट कन्ट्याक्ट पुरुष १२ वर्षमूनि -२९ केजीमा बसन्त तामाङ्, -३३ केजीमा बिराज तामाङ र दिवस किंगरिंग मगर, -३५ केजिमा सुभम खत्री, -३७ केजीमा विश्वास भट्टराई, +३७ केजीमा सुन्दर पाण्डे र विशेष खत्री, १४ वर्षमुनि -३९ केजिमा आयुष तोलांगे, -५२ केजिमा प्रशांत बुढा मगर, -५६ केजिमा बिनय थापा, -६० केजिमा एकीन कासुला, १७ वर्षमुनि -५२ केजिमा जयराम बीके र रिकेश मगर, -८५ केजिमा बसील त्वयनाले प्रतिस्पर्धा गर्नेछन् ।
लाइट कन्ट्याक्ट +२१ वर्ष माथी -५६ केजीमा गयाजी खड़का र घनश्याम आचार्य खत्री, -६० केजिमा प्रभु राम खत्रीले प्रतिस्पर्धा गर्नेछन । लाइट तथा फुल कन्ट्याक्टमा -२१ वर्षमुनि-५६ केजीमा सूरज कार्की -६० केजीमा मनील श्रेष्ठ, -७० केजिमा आस्तिक नकर्मी र शान्त कुमार राना मगर, +२१ वर्ष माथी-७५ केजिमा सस्मन बस्नेतले प्रतिस्पर्धा गर्नेछन ।
नेपालकी सस्मिनी बस्नेतले अम्पायरको भूमिका निर्वाह गर्नेछिन् भने व्यवस्थापकमा पिताम्बर गौतम, राहुल पटेल, अनिल धुंजू श्रेष्ठ र फनिन्द्र प्रसाद जंगम रहेका छन् ।
सन् २०२३ मा नेपालमा यस फ्रेन्च मार्शल आर्ट भित्रिएको थियो । सन् २०२३ मा उज़्बेकिस्तानमा आयोजना भएको चौथो एसियन सभात प्रतियोगितामा नेपालका सस्मन बस्नेतले कास्य पदक जितेका थिए भने २०२४ मा भारत मा आयोजना भएको दक्षिण एसियाली खेलमा नेपालले १० स्वर्ण, ८ रजत र ९ कास्य जितेको थियो ।
प्रतिक्रिया 4