+

लेस्टरविरूद्ध पुनरागमन गर्दै म्यान्चेस्टर युनाइटेड एफए कपको पाँचौं चरणमा

२०८१ माघ  २६ गते ८:१३ २०८१ माघ २६ गते ८:१३
लेस्टरविरूद्ध पुनरागमन गर्दै म्यान्चेस्टर युनाइटेड एफए कपको पाँचौं चरणमा

२६ माघ, काठमाडौं । म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लेस्टर सिटीविरूद्ध पुनरागमन जित निकाल्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो ।

युनाइटेडले लेस्टरलाई २-१ गोलअन्तरले हरायो । युनाइटेडको जितमा जोसुआ जर्क्जी र ह्‍यारी मागुयरले १-१ गोल गरे । त्यसअघि लेस्टरका बबी डे कोर्डोभाले गोल गरेका थिए ।

पहिलो हाफको ४२औं मिनेटमा कोर्डोभा रेडले गोल गर्दै लेस्टरलाई पहिलो हाफमा अगाडि राखे । ६८औं मिनेटमा जर्क्जीले गोल गर्दै युनाइटेडका लागि बराबरी गरे ।

इन्जुरी समयमा मागुयरले हेडिङमार्फत गोल गर्दै युनाइटेडलाई जित दिलाए । हारसँगै लेस्टर सिटी भने चौथो चरणबाटै बाहिरिएको छ ।

एफए कप फुटबल म्यान्चेस्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय