+

आहारारा पोखरा गोल्डकप : पहिलो क्‍वाटरफाइनलमा पुलिस र ब्रिगेड ब्वाइज युके खेल्दै

२०८१ माघ  २६ गते ८:१६ २०८१ माघ २६ गते ८:१६
आहारारा पोखरा गोल्डकप : पहिलो क्‍वाटरफाइनलमा पुलिस र ब्रिगेड ब्वाइज युके खेल्दै

२६ माघ, काठमाडौं । २४औं आहारारा पोखरा गोल्डकपअन्तर्गत क्वाटरफाइनलका खेलहरू शनिबारदेखि सुरू हुँदैछ ।

पहिलो क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । ब्रिगेड ब्वाइज क्लब युके भने बाई पाउँदै सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

पुलिसले मनाङ मर्स्याङ्दी क्लबसँगै समान सर्वाधिक ६ पटक आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । तर पछिल्लो समय पुलिसको टिममा नयाँ र युवा खेलाडी हुँदा फरक टिम रहेको छ ।

पुलिसले पछिल्लो पटक २०७४ सालमा आहारारा पोखरा गोल्डकपको उपाधि जितेको थियो भने २०७६ मा पछिल्लो पटक फाइनल खेलेको थियो ।

आहारारा पोखरा गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय